पूर्वाधार वाच, काठमाडौं ।
कवाड व्यवसायी समाजले निर्बाध रूपमा पेसा व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।
समाजका अध्यक्ष रामकेवल गुप्ताले आज विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार तत्काल सच्याउन माग गरेका हुन् ।
महानगरले कवाड व्यवसायीलाई दुःख दिने, तोडफोड गर्ने, आज पनि अनामनगर, विशालनगर, बानेश्वर र सेतोपुल क्षेत्रका कवाडमा तोडफोड गरिएको समाजले आरोप लगाएको छ ।
‘कवाड व्यवसायीका सामान जफत गरेर अभद्र व्यवहार गरिएको छ । यस प्रकारको ज्यादती तत्काल रोकी सहज ढङ्गले पेसा व्यवसाय सञ्चालन गर्न दिन हुन सरोकारवाला सबैलाई अनुरोध गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्