images
images
images

१० वर्षअघि हराएको विमान मलेसियाले ७० मिलियन खर्च गरेर खोज्दै

images

पूर्वाधार वाच, क्वाललम्पुर।

मलेसियाले १० बर्ष अघि हराएको बिमान पुनः खोज्ने भएको छ । मलेसियाली सरकारले १० वर्षअघि उड्डयनको सबैभन्दा ठूलो रहस्यमा बेपत्ता भएको यात्रुवाहक जेटको खोजी पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको हो ।

मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मार्च २०१४ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि २३९ यात्रु लिएर उडेको केही समय पछि बेपत्ता भएको थियो । जो आजसम्म फेला परेको छैन ।

मलेसियाको बोइङ ७७७ को भग्नावशेष पत्ता लगाउने प्रयास वर्षौंदेखि रोकिएको छ र त्यसमा सवार सयौं यात्रीका परिवार त्रासदीले अझै पनि त्रसित रहेका छन्। उनीहरुको शब भए पनि पाउने आशामा कुरिरहेका छन् ।

मलेसियाका यातायात मन्त्री एन्थोनी लोकका अनुसार हालै बसेको मन्त्रिपरिषद्ले सो विमान फेला पार्न अमेरिकामा रहेको समुद्री अन्वेषण फर्म ओशन इन्फिनिटीसँग ७० मिलियन अमेरिकी डलर बराबरको सम्झौतालाई सैद्धान्तिक रूपमा अनुमोदन गरेको छ।

उनले भने, ‘यदी उनीहरुले यो फेला पारे भने शुल्क पाउने छन, यी ओशन इन्फिनिटीले भग्नावशेष फेला पारेनन भने भुक्तानी पाउने छैनन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्