images
images
images

आप्रवासीलाई देश निकाला गर्नेमा ट्रम्पभन्दा बाइडेन अगाडी, गत साल निकालिए २.७१ लाख

images

पूर्वाधार वाच, वासिङटन डिसी ।

बितेका एक दशकमा सबैभन्दा बढी आप्रवासीलाई देश निकाला गर्नेमा हालका राष्ट्रपति जो वाइडेन रहेको देखिएको छ।

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन ‘आईसीई’ले को प्रतिवेदन अनुसार राष्ट्रपति बाइडेनले बितेका एक दशकमा सबैभन्दा बढी संख्यामा देश निकाला गरेका खुलेको छ ।

उनले आफ्नो चार बर्षे कार्याकाल मध्ये गत आर्थिक वर्षमा मात्रै २ लाख ७१ हजारभन्दा बढी आप्रवासीलाई अमेरिकाबाट निकालेका थिए । अमेरिकन सीमा नाकामा कडाई गरे पछि यो संख्या एक्कासी बढेको हो ।

गत वर्ष देश निकाला भएका आप्रवासीको संख्या लगभग एक दशकमा निर्वासित गरिएको सबैभन्दा ठूलो संख्या हो ।

यो यस्तो तथ्यांक हो की  आप्रवासीमा अनुदार भनिएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयमा भन्दा बाइडेनको कार्यकालमा सबैभन्दा बढी आप्रवासी देश निकाला भएका छन् ।

देशको भित्री भागमा पक्राउ परेकाहरूको तुलनामा सन् २०२४ मा अधिकांश देश निकाला गरिएका गैरकानुनी आप्रवासीहरू थिए, जसलाई सीमा अधिकारीहरूले पक्राउ गरेका थिए।

देश निकाला गरिएका करिब ८२ प्रतिशत आप्रवासीलाई सीमा अधिकारीहरूले पक्राउ गरेको सो निकायको रिर्पोटमा उल्लेख गरिएको छ ।

आगामी प्रशासनका लागि राष्ट्रिय प्रेस सचिवको रूपमा काम गर्ने क्यारोलिन लेभिटले भने कि बिडेनको निर्वासनको संख्या उनको राष्ट्रपतिको समयमा अवैध आप्रवासीको संख्याको तुलनामा कमजोर छ।

युएस भन्सार र सीमा सुरक्षा का अनुसार अमेरिका– मेक्सिको सीमामा आप्रवासी भिड संख्या सन् २०२० यताकै न्यून स्तरमा झरेको छ। तर, आप्रवासीहरूलाई देश निकाला गर्न ट्रम्पले २३० मिलियन खर्च छुटाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्