पूर्वाधार वाच, काठमाडौं ।
अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान कजाकस्तानमा दुर्घटनामा परेको समाचार छ ।
कजाकस्तानको अकताउ सहरमा बुधवार जहाज दुर्घटना भएको समाचार बिबिसीले लेखेको छ । जहाजमा ६७ जना यात्रु सवार रहेको बताइएको छ ।
प्रारम्भिक सूचनाका अनुसार यसमा यात्रुको हताहती भएको आसंका गरिएको छ ।
कजाकस्तानको आपद्कालीन मन्त्रालयले अहिले दुर्घटना स्थलमा जाने कोसिस भइरहेको छ ।
समाचार एजेन्सी रोयटर्सले रुसको समाचार एजेन्सीको हवाला दिँदै दुर्घटनाग्रस्त विमान अजरबैजान एयरलाइन्सको रहेको पुष्टि गरेको छ ।
सो जहाँ अजरबैजानको बाकुबाट रुसको चेचन्यामा रहेको ग्राजनीतर्फ गइरहेको थियो । बाक्लो कुहिरोका कारण जहाजले बाटो बदेको हुनसक्ने बताइएको छ । बिबिसी हिन्दीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्