पूर्वाधार वाच, काठमाडौं ।
कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उद्धार गरिएको छ ।
अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमानले अक्ताउ शहर नजिकै आपतकालीन अवतरण गर्ने प्रयास गर्दा आगलागी भएको थियो।
अजरबैजान एयरलाइन्सको उडान जे २– ८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। कुहिरोका कारण बाटो मोडिनु परे पछि आकस्मिक अवतरण गराउने क्रममा सो जहाज दुर्घटना भएको त्यहाँको आपतकालिन मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्