images
images
images

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षीय पूर्वप्रधानमन्त्री सिंहको बिहीबार राति निधन भएको हो ।

बिहीबार साँझ स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको थियो ।

डा. मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री बनेका थिए। उनी २००४ देखि २०१४ सम्म देशको प्रधानमन्त्री रहेका थिए । एम्सको मिडिया सेलले मनमोहन सिंहको निधनको जानकारी दिएको छ।

पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन भएको एक प्रेस विज्ञप्तिमाफर्त एम्सले पुष्टि गरेको छ । उनलाई उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण बिहीबार (२०२४ डिसेम्बर २६) साँझ ८:०६ बजे एम्समा भर्ना गरिएको थियो।

अचानक आफ्नो घरमै बेहोश भएका सिंहको घरमै उपचारको प्रयास गरिए पनि सफल हुन सकेन। त्यसपछि उनलाई एम्सको आकस्मिक कक्षमा लगिएको थियो यद्यपि धेरै प्रयासका बाबजुद उनलाई बचाउन नसकिको अस्पतालले जनाएको छ । उनले राति ९:५१ बजे अन्तिम सास लिए।

उनी १९९१ देखि १९९६ सम्म देशको अर्थमन्त्री रहेका थिए। त्यतिबेला पी.भी. नरसिंह राव देशका प्रधानमन्त्री थिए ।

नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणको जनक मानिन्छ। उनका नीतिहरू कार्यान्वयन गर्नमा मनमोहन सिंहले महत्वपूर्ण भूमिका खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्