पूर्वाधार वाच, काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल बारा जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी धर्मविर यादवले पाएका छन् ।
जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवले आइतबार धर्मविरलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिए ।
बारा अध्यक्ष रामबाबु प्रसाद यादव केही दिनदेखि गम्भीर बिरामी परेकाले धर्मविरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष यादवले बताए ।
हाल पार्टीको अति महत्वपूर्ण मानिएको जनतासँग जसपा नेपाल नामक अभियान चलिरहेकाले जिल्लामा यसको काम सुचारु गर्न कार्यवाहक अध्यक्ष यादवलाई निर्देशन समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्