images
images
images

चीनले बनाउँदैछ विश्वको सबैभन्दा ठूलो बाँध, ‘थ्री गर्जेज’भन्दा तीन गुणा विशाल हुने

images

पूर्वाधार वाच, बेइजिङ ।

उत्तरी छिमेकी चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृत गरेको छ । चीनले तिब्बती पठारको पूर्वी भागमा आफ्नो महत्वाकांक्षी परियोजना सुरु गर्न लागेको हो।

पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाले दिएको जानकारी अनुसार यार्लुङ जाङ्बो नदीको तल्लो तहमा निर्माण भइरहेको यो बाँधले वार्षिक ३०० अर्ब केडब्ल्यूएच बिजुली उत्पादन गर्ने क्षमताको हुनेछ ।

हाल मध्य चीनमा बनेको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेस बाँधको क्षमता ८८.२ बिलियन केडब्ल्यूएच छ, अर्थात् चीनको नयाँ बाँधको क्षमता यो भन्दा ३ गुणा बढी हुनेछ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो परियोजनाले चीनको प्रमुख उद्देश्यहरू हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

चीनको कार्बन पिकिङ र कार्बन तटस्थता लक्ष्यहरू पूरा गर्न साथै इन्जिनियरिङ जस्ता उद्योगहरूलाई प्रोत्साहन गर्न र र यो परियोजनाले तिब्बतमा रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।

यार्लुङ जाङ्बोको एउटा खण्ड ५० किलोमिटर ‘३१ माइल’को छोटो दुरीमा २,००० मिटर ‘६,५६१ फीट’को उचाइमा अवस्थित छ, जसले ठूलो जलविद्युत क्षमताका साथै कठिन इन्जिनियरिङ चुनौतीहरू प्रदान गरिरहेको छ ।

यो बाँध निर्माण गर्न ३४ अर्ब ८३ करोड डलर लाग्ने अनुमान गरिएको छ, जसमा बाँधका कारण विस्थापित भएका १४ लाख जनताको पुनर्स्थापना पनि समावेश छ । तर, तिब्बतमा यो परियोजनाबाट कति मानिस विस्थापित हुनेछन्, अधिकारीहरूले भने अझै खुलाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्