images
images
images

घुस रकमसहित राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईं पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको छाउनी मार्ग तहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आइतबार शाखा अधिकृत धनेश्वर प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

प्रसाईंले पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको आयोगमा उजुरी परेको थियो। त्यसपछि आयोगको टंगालस्थित कार्यालयबाट टोली खटिएको थियो।

सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकमसहित प्रसाईंलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

आयोगले प्रसाईंमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्