पूर्वाधार वाच, काठमाडौं ।
संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा नेपाली कांग्रेसबाट दिनेश यादव, नेकपा ‘एमाले’बाट ठाकुर गैरे, नेकपा ‘माओवादी केन्द्र’बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’बाट बिना लामा सदस्य छन् ।
समितिमा नेकपा ‘माओवादी केन्द्र’का उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा गणपुरक संख्या नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए ।
समितिका अन्य सदस्यले पनि सहमति जनाएपछि दलीय आधारमा उपसमिति बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्