पूर्वाधार वाच, काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’मा झिनो अंकको वृद्धि देखिएको छ । साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ ।
१ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुँदा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज मात्रै १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको देखिएको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्