images
images
images

कोलम्बियामा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

दक्षिण-पश्चिम कोलम्बियाको राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । यात्रुवाहक बस अनियन्त्रित भएर खाडलमा खसेको हो ।

स्थानीय अधिकारीहरुले ११ जनाको घटनास्थलमै र बाँकी दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताएका छन् । दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

इक्वेडरको सिमानामा रहेको पवित्रस्थानमा पर्यटकहरूको समूह बोकेर बस कोलम्बियाको काली सहरबाट निस्केको थियो भने बसमा एकाएक प्रविधिक गडबडी आएको कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यद्यपि दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्