images
images
images

हेटौंडा-काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुने

images

पूर्वाधार वाच, हेटौंडा ।

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग चखेलऔमातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ ।

मकवानपुरको महालक्ष्मी खोलाऔमातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिकामा ५ का वडाध्यक्ष दुतराज तितुङले बताउनुभयो ।

उहाँका अनुसार महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने सडक यही पुस २२ गतेदेखि आगामी माग ७ गतेसम्म बन्द हुनेछ । उक्त सडक खण्डमा हाल स्तरोन्नतिको काम भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्