images
images
images

सङ्खुवासभामा आगलागीबाट पाँच घर जले

images

पूर्वाधार वाच, सङ्खुवासभा ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका– ६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्