images
images
images

रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन

images

पूर्वाधार वाच, काठमाडौं ।

सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रीहरूलाई बोलाएर आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका भौतिक परियोजना र कार्यक्रमहरूलाई सम्पन्न गराउने विषयमा गति बढाउन निर्देशन दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई पनि बोलाएर सभापति देउवा सहितका पदाधिकारीहरूले यस्तो निर्णय गरेका हुन् ।

पार्टी प्रमुख सचेतक श्याम घिमिरेले ‘विगत देखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रकृयामा गती बढाउन’ निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

‘जस्तो कतिपय आयोजनाहरू बजेटका अभावले थन्किएर बसेका छन् । कतिपय आधा सकिएर आधा बाँकीनै छन् । त्यसलाई चाडो अधी बढाउन निर्देशन दिने निर्णय भएको हो‚’ उनले भने ।

यस्तै बैठकले चालू आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चित पर्खाइमा रहेका र टेन्डर हुन नसकेका मात्र होइन निर्माण सुरू भएका तर अपेक्षित गतिमा काम नभइरेका विकास आयोजनालाई सम्पन्न गराउने आवश्यक पहल कदमी लिने निर्णय पनि गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्