images
images
images

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. भूसाल

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसालले प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी पाएका छन् ।

गृहमन्त्रीस्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भूसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ ‘ग’ बमोजिम डा. भूसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो ।

पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्