images
images
images

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

images

पूर्वाधार वाच, काठमाडौ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

पछिल्लो जितसँगै ३ खेलमा ४ अंक जोडेको आर्मीले समूह ‘बी’ बाट सुपार फोरमा स्थानसमेत सुरक्षित गरेको छ । पहिलो पराजय बेहोरेको कोशीको पनि ४ अंक नै जोडन सफल छ ।

यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो भने कोशीले बागमती र मधेशलाई पराजित गरेर आर्मीसँग भिडन आइपुगेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्