पूर्वाधार वाच, जनकपुरधाम ।
बितेका ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।
उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ ।
गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्