images
images
images

नेक्सस मल्टी डेस्टिनेशन एजुकेसन फेयर भाेलि

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको सामाखुशीस्थित नेक्सस एजुकेसनल कन्सल्टेन्सीले आउँदो माघ १३ गते अर्थात जनवरी २६ को दिन बृहत् मल्टी डेस्टिनेशन एजुकेसन फेयर आयोजना गर्ने भएको छ।

कोरियन वेब सिरिज ‘स्क्विड गेम’ [오징어 게임] को शैलीमा आयोजना गरिने यस मेलामा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जापान, कोरिया लगायत विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्।

उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरू र अभिभावकहरूको उपस्थितिलाई ध्यानमा राखेर आयोजना गरिएको यस मेलामा भिसा प्रक्रियासम्बन्धी जानकारी, विश्वविद्यालयका छात्रवृत्ति अवसरहरू, भाषा परीक्षा जस्तै आईईएलटीएस, पीटीई, र टपिकबारे परामर्श लगायतका सेवा प्रदान गरिनेछ।

विद्यार्थीहरूले एउटै स्थानबाट आफ्नो उच्च शिक्षाको तयारीका लागि आवश्यक जानकारी र मार्गदर्शन पाउने नेक्सस एजुकेसनल कन्सल्टेन्सी सामाखुसीका प्रबन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो ।

नेक्सस एजुकेसनल कन्सल्टेन्सी सामाखुसीका प्रबन्ध निर्देशक अधिकारीका अनुसार यो फेयरले विदेश अध्ययनमा जाने विद्यार्थीहरूका लागि जानकारीमूलक र मार्गदर्शक भूमिका निर्वाह गर्नेछ।

उनले यस फेयरले विद्यार्थी र अभिभावकहरूलाई विश्वविद्यालय छनोटदेखि भिसा प्रक्रियासम्मका सम्पूर्ण चरणहरूबारे स्पष्ट पार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस विशेष मेलामा सहभागी भई आफ्ना जिज्ञासाहरू समाधान गर्न र भविष्यका लागि उपयुक्त परामर्श लिन नेक्ससले विद्यार्थी र अभिभावकहरूलाई उपस्थितिको लागि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्