पूर्वाधार वाच, रौतहट।
तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको आइतबार बसेको बैठकबाट पार्टी केन्द्रीय सदस्य समेत रहेका हृदय नारायण दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा सञ्जय चौधरी,द्वितीय उपाध्यक्षमा खातुन राईन,तृतीय उपाध्यक्षमा निर्मल राय अमात्य,महासचिवमा वीरेन्द्र कुमार यादव, सचिवमा हाकिम राय,कोषाध्यक्षमा अंजु कुमारी सर्वसहमतिमा चयन भएका छन्। त्यस्तै सदस्यहरूमा उपेन्द्र शाह, दिगम्बर ठाकुर ,शिवहरि गोइत, मञ्जु कार्की , मोहम्मद मुमताज मिया,मोहम्मद असरफ अलि साह चयन भएका छन्। सोही बैठकले गठन गरेको ४ सदस्यीय सल्लाहकार समितिमा शीतल प्रसाद यादव, महमद जैलुन राईन, रवीन्द्र यादव, र हिरालाल साह रहेका छन्।
नव९निर्वाचित अध्यक्ष दासको नेतृत्वमा फोरमले व्यवसायीहरूको हक हितका लागि आवाज उठाउने उद्देश्य रहेको छ। यसको कार्यकाल २ वर्ष रहने स्थानीय कटहरिया नगरपालिका २ घर भएका अध्यक्ष दाशले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्