images
images
images

जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण

images

पूर्वाधार वाच, टोकियो ।

जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ । ‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो ।

हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार सङ्केत नभएका क्षेत्रमा आपत्कालीन भूकम्पको चेतावनी पनि दिन्छ ।

जापान सरकारले विदेशी जीपीएस नेटवर्कमा निर्भरता कम गर्दै प्रणालीलाई चारबाट सात स्याटेलाइटमा विस्तार गर्ने लक्ष्य राखेको छ । भर्खरै प्रक्षेपण गरिएको मिचिबिकी ६ लाई पृथ्वीबाट करिब ३६ हजार किलोमिटर माथि जियोस्टेशनरी अर्बिटमा राखिनेछ ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) र मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा विकसित एच३ रकेटले एच२ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आइतबारको प्रक्षेपण देशमा एच३को पाँचौँ प्रक्षेपण थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्