images
images
images

महोत्तरीको माइस्थान नजिक यात्रुबाहक बस दुर्घटना, ३० जना घाइते

images

पूर्वाधार वाच, महोत्तरी ।

महोत्तरीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।

बस महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन् ।घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्