images
images
images

मिड सोलु हाइड्रोपावरकाे ७ करोड बढी

images

पूर्वाधार वाच, काठमाडौं । 

मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले उक्त अवधी सम्ममा ७ करोड  २३ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको यसैअवधिको तुलनामा २२५.१४ प्रतिशत धेरै हो । गत वर्ष यसले २ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसको विद्यतु बिक्रीबाट हुने आम्दानी १४ करोड ३२ लाख रुपैयाँबाट बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार देखिएको हो । यता, कम्पनीको वित्तीय खर्च पनि ७ करोड ५६ लाख रुपैयाँबाट ५ करोड ९ लाखमा झरेको छ ।

चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोषमा ९ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११२.१८ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्