images
images
images

प्रधानमन्त्री कार्यालयको मूल्यांकन प्रणालीप्रति भौतिक मन्त्री दाहालको असन्तुष्टी

images

पूर्वाधार वाच, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकन प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्यांकन नतिजाप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने समेत बताएका हुन् ।

मन्त्रालय १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले प्रगति ५० प्रतिशतमाथि रहेको उनले बताए ।

मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए । विभिन्न राजमार्ग निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ ।

मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानुन सदनमा लैजाने जानकारी दिए ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति९अर्धवार्षिक०को बारेमा छलफल गरेको हो । मन्त्री दाहाल गत माघको कार्यसम्पादन मूल्यांकनमा सबै मन्त्री भन्दा पछाडि परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्