images
images
images

अमेरिकी सरकारी कर्मचारीलाई एलन मस्कले मागे साताभरकाे कामको विवरण

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् । जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी सहयोगलाई पूर्ण रुपमा रोक लगाएका छन् ।

ट्रम्पले आफ्ना सहयोगी एलन मस्कलाई सरकार दक्षता विभाग (डोज)को प्रमुख बनाएर खर्च कटौतीको अभियाननै चलाएका छन् । यसैक्रममा अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो एउटा इमेल प्राप्त गरेका छन् ।

त्यसमा गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध गरिएको छ । साथै यसो नगर्ने कर्मचारीले राजीनामा दिन इमेलमार्फत भनिएको छ ।

मस्कले केहि दिनअघि नै एक पोस्ट गर्दै भनेका थिए, ‘कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्, जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन कामहरू पूरा गरेका छन् भनेर जान्न हो ।’ साथै उनले लेखेका थिए, ‘यदि तपाईंले यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, यसलाई तपाईंको राजीनामा मानिनेछ ।’

मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्