images
images
images

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार

images

पूर्वाधार वाच, काठमाडौं ।

दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ।

मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्‍याएका थिए। त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए।

पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए। अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए।

‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको छ,’ कुँवरले भने।

ती नेपाली के कसरी र कुन देश जानका लागि दलालको फन्दामा परेर बैंकक पुगे भन्ने स्पष्ट खुलेको छैन।

‘दलाल को हुन् पत्ता लाग्न बाँकी छ, जहाजबाट आउन लागेका नेपालीलाई त्रिभुवन विमानस्थलमा लिन हाम्रो टोली जाँदैछ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएपछि अन्य कुराबारे अनुसन्धान हुने छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्