images
images
images

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

images

पूर्वाधार वाच, काठमाडौं ।

कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन्।

कनेक्ट किसान र एसोसिएसनबिचको सहकार्यले कृषि क्षेत्रको डिजिटलाइजेशनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासाथ यो सम्झौतामा हस्ताक्षर गरिएको हो।

यो साझेदारी भेटरिनरी क्षेत्रको डिजिटलाइजेशनको दिशामा एक महत्वपूर्ण कदम हो। सम्झौताले तीन प्रमुख उद्देश्यलाई प्राथमिकता दिएको छ।

कनेक्ट किसानका निर्देशक राजन दाहालले भने, “हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई स्मार्ट फार्मिङ प्रविधिहरूको उपयोग गर्न सघाउनु हो। अर्डर व्यवस्थापन प्रणाली कार्यान्वयन गरेर कृषक र भेटरिनरी सेवा प्रदायकलाई अझ प्रभावकारी रूपमा जोड्ने छौँ ।’’

यो सम्झौताले कृषि र भेटरिनरी सेवामा अनलाइन प्रविधिको समावेशलाई सुनिश्चित गर्दै भविष्यमा प्रगति र विकासको दिशा तय गर्ने अपेक्षासाथ गरिएको छ।

यस सहकार्यले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र कृषक समुदायलाई अधिक प्रभावकारी र सुलभ सेवाहरू प्रदान गर्ने एसोसिएसनका अध्यक्ष रिमालले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्