काठमाडौं। सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने भएको छ । यसका लागि कम्पनीले प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ)को तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन (इश्यु म्यानेजमेन्ट) सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईजी सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए ।
उनले नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापनलाई संस्थाको प्रमुख सेवामध्ये एक भएको बताए ।

खनालले सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको बताए । उनका अनुसार हाल अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमै केन्द्रित रहेकाले कम्पनीहरूले पुँजी बजारमार्फत लगानी जुटाउने प्रवृत्ति बढाउन आवश्यक छ ।
उनले उद्यमी तथा कम्पनीहरूलाई शेयर बजारमार्फत पूँजी संकलन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ईजी सोलारसँग भएको सम्झौता त्यसै दिशामा महत्वपूर्ण कदम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्