images
images
images

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

पूर्वाधार वाच, ललितपुर ।

नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्