images
images
images

लोड सेडिङबारे ऊर्जा मन्त्री र कुलमानको प्रतिक्रियाले तात्यो संसद्

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका कार्यकारी निर्देशकको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसदमा कुरा उठाएका छन् । उर्जा, जलस्रोत र सिंचाइ मन्त्री दिपक खड्काले लोडसेडिङ सुरू भएको बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ नहुने भने पछि ठाकुरले सो बिषय उठाएका हुन् ।

‘उर्जा मन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ, मन्त्रीज्यू भन्नु हुन्छ, लोडसेडिङको सुरू भयो,’ गैरेले भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङमा हुन्न, ढुक्क हुनुहोस् भन्नु हुन्छ, यस खालका गलत  र फरक सुचना बन्द गरियोस्, सही तथ्य बाहिर ल्याओस् ।’

सरकारका निकायवाट नै फरक फरक सुचना सम्प्रेषण हुदाँ जनमानसमा अन्यौल बढेको उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्