images
images
images

सदस्यता अभियान तीव्र पार्न जापान र कोरियाको भ्रमण गर्दै शेष घले

images

पूर्वाधार वाच, काठमाडौं ।

गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष सहितको टोलीले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् ।  सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेसहितको टोली जापान र दक्षिण कोरिया जान लागेको हो ।

मे ३–५, २०२५ मा काठमाडौंमा एकताको अधिवेशन आह्वान गरेर तयारी तीव्र भइरहेका बेला उच्चस्तरीय समितिका सदस्यसहितको टोली सदस्यता अभियान तीव्र पार्न यात्रामा निस्कन लागेको हो ।

यही शनिवार ५ तारिखका दिन राष्ट्रिय समन्वय परिषद् जापानले डा. घलेको प्रमुख आतिथ्यमा राजधानी टोकियोमा ‘प्रवासमा रहेका नेपालीहरूका लागि एनआरएनएको आवश्यकता र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ ।

यसैगरी आइतबार ६ अप्रिलका दिन दक्षिण कोरियाको राज धानी सियोलमा दुई एनसीसीबीचको एकता अधिवेशन उद्घाटन समारोहलाई पनि डा घलेले सम्बोधन गर्ने छन् । दक्षिण कोरियामा हुने एनसीसी एकता अधिवेशनको प्रमुख अतिथिको रूपमा संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण चौधरी पनि जाने भएका छन् ।

काठमाडौँमा हुन लागेको एकताको महाधिवेशनका लागि उच्चस्तरीय समितिले सदस्यता आवेदनको मिति ७ अप्रिल सम्म-याएको छ भने भौतिकरुपमै उपस्थित भएर महाधिवेशनमा सहभागी बन्न डेलिगेट्स (प्रतिनिधि) को आवेदन २२ अप्रिलसम्म दिन सकिने छ ।

यसअघि सदस्यता आवेदन दिने मिति ३१ मार्चसम्म रहेकोमा अहिले एक हप्ता थप गरेर ७ अप्रिलसम्म पु¥याइएको हो । त्यस्तै, वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकिएको छ ।

यस अघि यसअघि डा. घलेसहितको टोली मध्य पूर्व हुँदै युरोपका विभिन्न देशमा पुगेर उच्चस्तरीय समितिले गरी रहेका कामहरूबारे ब्रिफ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्