images
images
images

सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक

images

पूर्वाधार वाच, एजेन्सी।

चीनको केन्द्रीय बैंकले सुनको भण्डार विस्तार गरेको छ। मार्चमा लगातार पाँचौं महिनामा भण्डार विस्तार गरेको हो ।

पिपुल्स बैंक अफ चाइनाले सोमबार जारी गरेको तथ्याङ्क अनुसार, देशको सुनको भण्डार मार्चको अन्त्यमा बढेर ७३.७ मिलियन औंस पुगेको छ । जुन फेब्रुअरीमा ७३.६१ मिलियन औंस थियो।

थप खरिद र बढ्दो मूल्यका कारण चीनको सुन भण्डारको मूल्य गत महिनाको अन्त्यमा २२९.६ अर्ब अमेरिकी डलर पुगेको छ । जुन फेब्रुअरीको अन्त्यमा २०८.६४ अर्ब अमेरिकी डलर थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजार सुनको मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भण्डार विस्तार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।(सीसीटीभीप्लस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्