पूर्वाधारर वाच, काठमाडौं ।
बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आगलागी भएको छ । औद्यागिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार आगलागी नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ ।
‘अहिले पहिलो दमकल पुगेर आगलागी नियन्त्रण काम सुरु गरिसकेको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्