images
images
images

जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल समाजवादी पार्टी ‘नयाँ शक्ति’का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा अध्यक्ष भट्टराईले भनेका छन्, “नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र खुसी लिएर आओस् । सबै नेपालीहरूको मनको आकाङ्क्षा पूरा होस् । राजनीतिक अस्थिरताको समाधान मिलोस् ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्