images
images
images

सलहेस र मालिनीको प्रेम छचल्किने ‘सलहेस फूलवारी’

images

रिंकु दास, काठमाडौं ।

फूल फुल्नु र निश्चित समयपछि ओइलिनु कुनै अनौठो कुरा होइन । यो प्रकृतिको स्वाभाविक नियम भित्र पर्छ । तर अनौठो र आश्चर्यजनक त्यति बेला हुन्छ जब कुनै फूल वर्षको एकचोटी मात्र त्यो पनि  निश्चित दिन मात्र फुल्ने गर्छ ।

हरेक वर्ष  विक्रम सम्वत पात्रोको नयाँ वर्षको दिन मात्र फुल्ने फूल रहस्यमय रहेको छ । सलहेस फूलबारीमा नयाँ वर्षलाई स्वागत गर्नकै लागि वैशाख १ गते अर्थात् नेपालीहरूको नयाँ वर्ष । नेपालीहरू एक अर्कालाई शुभकामना आदानप्रदान प्रदानमा व्यस्त छन् ।
नयाँ वर्षलाई थप हर्शोउल्लार्ष र स्वागतमा हारमको बोटमा फूल फुल्ने पनि गर्छ । यो यस्तो फूल हो जो वर्षको पहिलो दिन मात्र फुल्छ ।

सिरहाको पडरिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेसको फूलबारीमा  यस्तै फूल देख्न पाइन्छ ।

सलहेस फूलबारीको नामले चिनिएको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्षमा हारमको  रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख आफैं ओइलाएर जानू आजसम्म रहस्य नै छ ।

यो फूल माला आकारको सेतो हुन्छ । सलहेस फूलबारीमा यही  फूल हेर्न बषेनि मेला लाग्ने गरेको पाइन्छ ।

सलहेस र मालिनीको प्रेम

राजा सलहेस  मिथिलाको पासवान जातीको लोक देवता हुन । राजा सलहेसको जीवन गाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फुलसँग सम्बन्ध रहेको किम्बदन्ती रहेको छ ।

छैठो शताब्दीतिर मिथिला  भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ  अहिले सिरहा नगरपालिकामा पर्दछ ।

त्यस बेला त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट एउटा जयवर्द्न (सलहेस)को जन्म भएको थियो । सानैदेखि प्रखर बुद्धिका धनी र शौर्यशाली थिए  सलहेस ।

सलहेसको समयमा कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यस बेला उत्तरमा किराँत तिब्बत र भुटानतिरबाट  आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमणलाई रोक्न सलहेसका बुबा  भूपाल सोमदेव तरेगना गढ हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फका राजा हिन्दुपति शमशेर भण्डारीलाई सहयोग गर्नका लागि पुगे ।

भोट र किराँतसँग  भएको  युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस गणपति भएपछि कोसी देखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश दक्षिण गङ्गासागरसम्म शैन्य संगठनलाई सुसङ्गठित  पारेका थिए ।

पकडियागढकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबिच प्रेम भएको भन्ने किंवदन्ती रहिआएको छ ।

मालिनी सलहेसकै प्रतीक्षामा प्रत्येक फूल टिपनका लागि फूलबारी आउने गर्थिन । मालिनी सलहेसको यादमा आज पनि  सो फूलबारी आउँछिन् जनविश्वास रहेको छ ।  फूलबारीलाई राजा सलहेस र मालिनी बिचको प्रेमको प्रतीकको रूपमा लिइने गरिन्छ ।

राजा सलहेस दलितमध्ये दुसाध (पासवान) जातिका भएकाले आज पनि जहाँ पासवान जातिका मानिस बस्छन् सलहेसको गहवर बनाई देउताको रूपमा पूजा गर्ने परम्परा छ ।

लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुख मा वैशाखको १ गतेका दिन मात्र सोनखरी फुलमाला देखा पर्छ । दिन ढल्दै जाँदा उक्त फूल ओइलाएर जान्छ ।

किम्बदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन भन्ने जनविश्वास रहेको छ ।

आजको दिन ती फूलको हेर्न दर्शन गर्न हजारौं युवा युवतीको जोडी लगायत लाखौं मानिसको भिड देख्न पाइन्छ । यस्तै आज लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फुलबारी मेलामा फुल हेर्न भीड लागेको छ ।

भने आज श्री सलहेश पासवान समाजद्वारा मेलामा आउने श्रद्धालु भक्तजनको लागि निशुल्क पानी र प्रसाद(खिर)वितरण समेत गरिएको छ । उक्त मेलामा आज दिनभर पानी र प्रसाद वितरण हुने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्