images
images
images

आन्दोलनरत प्राविधिक विद्यालयका शिक्षकहरूसँग इन्जिनियर्स एसोसिएसनको विशेष छलफल

images

पूर्वाधार वाच, ललितपुर । 

नेपाल इन्जिनियर्स एसोसिएसनले प्राविधिक धारका विद्यालयका आन्दोलनरत शिक्षकहरूसँग विशेष छलफल गरेको छ । शुक्रबार एसोसिएसनको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा उनीहरुका मागको विषयमा विशेष छलफल गरेको हो ।

छलफलमा प्राविधिक शिक्षकहरुले उठाएका जायज माग र समस्याहरूको सम्बोधन तथा दीर्घकालीन समाधानका लागि एसोसिएसनले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

यस्तै सबै सरोकारवाला एवं सम्बन्धित पक्षलाई प्राविधिक शिक्षकहरुको अधिकार सुनिश्चित गर्नका लागि ऐक्यबद्धता जनाउँदै सहकार्यमा अघि बढ्न समेत अनुरोध गरेको छ ।

उक्त छलफल कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका तर्फबाट उपाध्यक्ष इ‍. प्रकाश के‍सी, केन्द्रीय सदस्य इ. अनिल पौडेल र निवर्तमान अध्यक्ष इ. डा. हरि दर्लामीको  उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्