पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्जिनियर्स एसोसिएसनको आयोजनामा इन्जिनियरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘प्रोजेक्ट म्यानेजमेन्ट प्रक्यूरमेन्ट एण्ड कन्ट्र्याक्ट एडमिनिस्ट्रेसन’ विषयक तालिम सञ्चालनको तयारीस्वरूप तयार पारिएको ‘ड्राफ्ट म्यानुअल’माथि आज एकदिने गोष्ठी सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न गोष्ठीमा सरकारी, गैह–सरकारी तथा निजी क्षेत्रमा कार्यरत प्रबुद्ध इन्जिनियरहरूको सक्रिय सहभागिता रहेको थियो। गोष्ठीमा सहभागीहरुले ड्राफ्ट म्यानुअलमा परियोजना व्यवस्थापन, खरिद प्रक्रियासम्बन्धी व्यावहारिक पक्ष, कार्यान्वयन सहजता र सान्दर्भिकता सम्बन्धमा महत्वपूर्ण सुझाव तथा राय दिएका थिए।
संकलित सुझावलाई म्यानुअलमा समावेश गर्दै आवश्यक संशोधन तथा परिमार्जन गरिने एसोसिएसनले जनाएको छ । परिमार्जित म्यानुअलको अन्तिम संस्करण स्वीकृतिपछि निकट भविष्यमै इन्जिनियरहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने योजना रहेको समेत एसोसोसिएनले उल्लेख गरेको छ ।
तालिमले इन्जिनियरहरूको परियोजना व्यवस्थापन, खरिद प्रक्रियासम्बन्धी दक्षता अभिवृद्धिमा योगदान पुर्याउने आयोजकले विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्