images
images
images

शिक्षा मन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

images

पूर्वाधार वाच, काठमाडौं ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० औं दिनमा मन्त्रीले नै राजीनामा दिएकी हुन् ।

महासंघ र सरकारबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसबेपछि मन्त्रीको राजीनामा आएको हो ।
मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाइसकेकी छन् ।

शिक्षक आन्दोलनको बाछिटा सिंहदरबारसम्मै पुगेपछि यसपछिका सरकारका निर्णयहरुप्रति सबैको ध्यान तानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्