images
images
images

नेपाल इन्जिनियर्स एशोसिएसन र जुआनबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसन र जापानिज युनिभर्सिटीज अल्मुनाइ एशोसिएसन (जुआन)बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार इन्जिनियर्स एशोसिएसनको तर्फबाट अध्यक्ष इ. सुवासचन्द्र बराल र जुआनका अध्यक्ष इ. डा. पवनकुमार भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
उक्त समझदारी अन्तर्गत दुवै पक्षले आपसी हितका क्षेत्रमा सहयोग बढाउने, पेशागत विकासमा नयाँ अवसरहरू सिर्जना गर्ने, युवा इन्जिनियरहरूको सीप र क्षमता अभिवृद्धि गर्ने, प्रविधि हस्तान्तरण गर्ने र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नेछन् ।

यो सहकार्यले नेपाली इन्जिनियरिङ क्षेत्रमा दीर्घकालीन लाभ पुर्‍याउने र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

उक्त सम्झदारीपश्चात दुवै पक्षले आगामी वर्षहरूमा विभिन्न परियोजनाहरूमार्फत् आपसी सहकार्यलाई थप विस्तार गर्ने योजना बनाएको उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्