पूर्वाधार वाच, काठमाडौं ।
नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन् ।

विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएसँगै एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्