पूर्वाधार वाच, काठमाडौं ।
प्रत्येक साताको बुधबार राति ८ बजे टिभी टुडे टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको कार्यक्रम पूर्वाधार वाच र नेपाल इन्जिनियर्स एशोसिएसनबीच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
शुक्रबार एशोसिएनको केन्द्रीय कार्यालयमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । एशोसिएसनका तर्फबाट महासचिव एवं नगर विकास कोषका कार्यकारी निर्देशक ई. विनोद प्रकाश पण्डित र पूर्वाधार वाचका कार्यकारी निर्देशक विष्णु रैगाईंबीच उक्त समझदारी पत्र आदान प्रदान भएको हो ।
उक्त समझदारी अन्तर्गत इन्जिनियरिङ पेसा, विकास निर्माण तथा प्रविधि र पूर्वाधार विकास लगायतका क्षेत्रमा इन्जिनियर समुदायले गरेको योगदानलाई पूर्वाधार वाचमार्फत् राष्ट्र र समाज समक्ष पुर्याउने उद्देश्य रहेको छ ।
यस्तै एशोसिएसनले टेलिभिजन कार्यक्रम तयार पार्दा विभिन्न विषय विज्ञहरूसँग समन्वय गर्ने, इन्जिनियरिङ क्षेत्रको विषयमा कार्यक्रममा प्रसारण हुने विषयवस्तु लगायतमा समन्वय एवं सहजीकरण गरिने बताएको छ ।
समझदारी पत्र हस्ताक्षर समारोहमा एशोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बराल, प्रमुख कार्यकारी अधिकृत माधव अधिकारी, कोषाध्यक्ष ई. सुमन थापा र केन्द्रीय सदस्य ई. प्रभुराम पोखरेल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्