images
images
images

अनलाइन टिभी पत्रकार संघका सदस्यलाई नेपाल न्युज बैंकले ५० प्रतिशत छुट दिने

images

पूर्वाधार वाच, काठमाडौं ।

अनलाइन टिभी पत्रकार संघ नेपाल र नेपाल न्युज बैंक समाचार एजेन्सीबीच विशेष सहुलियतमा सेवा दिने सम्झौता भएको छ । न्युज बैंकले संघमा आवद्ध सदस्य संस्था र पत्रकारहरूलाई फोटो, भिडियो, फोटो फिचर, रफकट भिडियो फुटेज, टेक्स्ट सामग्री, सामाजिक सञ्जाल लाइभ तथा अनुसन्धानमूलक रिपोर्टजस्ता सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने भएको छ ।

संघका सदस्यहरूले नियमित सेवाहरूमा प्रचलित अधिकतम दरको ५० प्रतिशत छुटसहित सेवा प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सेवा उपभोगका लागि सदस्यहरूले अनलाइन टिभी पत्रकार संघद्वारा प्रमाणित सदस्यता कार्ड वा सिफारिस पत्र नेपाल न्युज बैंकलाई बुझाउनुपर्नेछ ।

सम्झौतामा अनलाइन टिभी पत्रकार सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले र नेपाल न्युज बैंकका तर्फबाट सम्पादक युवराज गौतमले हस्ताक्षर गरेका छन् ।

न्युज बैंकको प्रस्तावमा गरिएको सम्झौता वैशाख १५ देखि एक वर्षसम्म लागू हुने र दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्