पूर्वाधार वाच, काठमाडौं ।
गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर तथा पदस्थापना गरेको छ । सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।
मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाउँदा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्