images
images
images

२१ औं विश्व केम्पो च्याम्पियनसिपका पदक विजेता खेलाडी पोर्चुगलमा सम्मानित

images

पूर्वाधार वाच, काठमाडौं । 

नेपाल केम्पो खुकुरी फेडेरेशनका पदक विजेता खेलाडी तथा पदाधिकारीहरू पोर्चुगलमा सम्मानित भएका छन् । पोर्चुगलमा सम्पन्न  २१ औं विश्व केम्पो च्याम्पियनसिप प्रतियोगिताका पदक विजेता खेलाडीसहित पदाधिकारीहरू सोमबार सम्मानित भएका हुन् ।
मार्टिनमुनिजस्थित ओदान रेष्टुरेन्टमा एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्ले, नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङ तथा ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरीलगायतले उनीहरूलाई सम्मान गरेका हुन् ।

खेलमार्फत् युरोपमा नेपाललाई चिनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडी तथा पदाधिकारीहरुलाई सम्मान गरेको एनआरएनए अध्यक्ष दीपा काफ्लेले बताइन् । पोर्चुगलको काल्दास दा रेन्हामा आइतबार सम्पन्न भएको विश्व च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले २ रजत र ५ कांस्य पदकसहित नेपाललाई ७ अन्तर्राष्ट्रिय पदक दिलाउँदै नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन् ।

खेलाडीहरू अन्जना शाही (१ रजत र २ कांस्य पदकसहित ३ पदक) , बिपेश थापा (१ रजत र ३ कांस्य पदकसहित ४ पदक), सुदन भण्डारी, आकृति घिमिरे सम्मानित भएका छन् ।

भने, च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका फेडेरेशनका अध्यक्ष पाभेल कुमार शाह, प्रमुख सल्लाहकार बलदेव तिमल्सिना, महासचिव शर्मिला कार्की र विदेश विभाग प्रमुख विकाश सुवेदी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्