पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौंको मध्ये बानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले शिक्षालाई व्यवहारिक बनाउनका लागि विद्यालयमा विभिन्न नयाँनयाँ अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।
यसैक्रममा विद्यालयको कप्तान र विभिन्न सदनको कप्तान तथा उपकप्तान छनोट गर्दै सोमबार माध्यामिक र निम्न माध्यामिक तहका विद्यार्थीहरुको सहभागितामा स्कुलको सदन निर्वाचन सम्पन्न गरिएको छ ।
निम्न निर्वाचित हुनेहरुमा स्कुलको कप्तानमा छात्रतर्फ प्रणय पोखरेल र छात्रातर्फ अनिष्मा दवाडी विजयी भएका छन् । छात्रतर्फ पोखरेलले ५ सय ७७ मत खसेकोमा ३ सय १५ मत प्राप्त गरेका थिए भने छात्रा तर्फ दवाडी निर्विरोध निर्वाचित भएकी थिईन ।
स्कुलमा चार वटा सदनहरु हेलेन, नाइटिंगेल, पारिजात र टेरेसा छन् । कक्षा ९ को विभिन्न चार वटा सदनहरु हेलेन, नाइटिंगेल, पारिजात, टेरेसा को कप्तानमा क्रमशः जेसन सापकोटा, केसांग तामांग, साकार घिमिरे र अनुज कृष्ण यादव विजयी भएका छन् ।
यस्तै उपकप्तानमा क्रमशः कक्षा ८ का गौरव ठगुन्ना, अनुप भट्ट, संयम शिवाकोटी, पुस्कर यादव विजयी भएका छन् । यस्तै कक्षा ८ कै उपकप्तान छात्रा तर्फ क्रिसा गौतम, यनि कर्माचार्य, अधिसा डंगोल, र प्रिसा श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी कक्षा ७ मा कप्तानमा क्रमशः अनुष्का गिरी, केनिस आचार्य, युवराज शर्मा र अग्रिम लामिछाने विजयी भएका छन् । उपकप्तानमा अरिजित भट्ट, आरभ रावल, शिसेत गिरी र जेकव सापकोटा विजयी भएका छन् ।
विद्यालयले सदनको निर्वाचन गराउन बैशाख १९ गते निर्वाचन समिति गठन र मनोनयन दर्ता गरेको थियो । यस्तै बैशाख २२ गते मनोनयन फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
यसैगरी बैशाख २४ गते सदन शिक्षक शिक्षिकाको घोषणा र विद्यार्थी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको थियो ।

यस्तै बैशाख २८ गतेदेखि मौन अवधी शुरु भएको थियो भने ३० गते मतदान भएको थियो । अब आगामी जेठ २ गते निर्वाचनको अन्तिम नतिजा घोषणा र निर्वाचित भएका उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्रको वितरण गरिने भ्याली भ्यु स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष चापागाईँले जानकारी दिनुभयो ।
उहाँले भ्याली भ्यु स्कुलमा यस्ता किसिमका अतिरिक्त सिर्जनशिल क्रियाकलापहरु विगत वर्षदेखि गर्दै आएको र यस्ता क्रियाकलापले विद्यार्थीको सर्वांगिण विकासमा टेवा पुग्ने बताउनुभयो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्