images
images
images

इन्जिनियर्स एशोसिएसन र परिषद्‌बीच दुई पक्षीय समझदारी, इन्जिनियरिङ स्टाफ कलेजको आधारशीला तयार

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल इन्जिनियरिङ परिषद्‌बीच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बिहीबार एशोसिएसनका तर्फबाट महासिचव इ. विनोदप्रकाश पण्डित र परिषद्‌का तर्फबाट  अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले उक्त दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।  उक्त समझदारीअन्तर्गत परिषदमा दर्ता भएका नवोदित इन्जिनियर तथा आर्किटेक्टहरूको वृत्ति विकास तथा क्षमता अभिवृद्धिको लागि विभिन्न विषयगत तालिमहरू सञ्चालन हुने उल्लेख छ ।

यो समझदारीबाट लामो समयदेखिको इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने आधारशीला तयार भएको इन्जिनियर्स एशोसिएसनले बताएको छ ।
समझदारी अनुसार नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकस्थित भवनको प्रशिक्षण केन्द्रमा सञ्चालन हुने उक्त नियमित तालिमहरूबाट विशेष गरि नेपाल इन्जिनियरिङ परिषदबाट भर्खरै लाइसेन्स प्राप्त इन्जिनियर आर्किटेक्टहरू लाभान्वित हुनेछन् ।

समझदारीले नव इन्जिनियर तथा आर्किटेक्टहरूलाई आफ्नो ज्ञान र सीप विस्तार गर्नका लागि थप अवसर उपलब्ध गराउने र राष्ट्रकै पूर्वाधार निर्माणमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्