पूर्वाधार वाच, काठमाडौं ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगाका इन्जिनियर सन्तोषकुमार यादव घुस रकमसहित पक्राउ परेका छन् ।
बिहीबार राती भक्तपुरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर यादवलाई ५ लाख ७० हजार घुस रकमसहित पक्राउ गरेको स्रोतले बताएको छ ।
उनलाई थप अनुसन्धानका लागि अख्तियार मुख्यालय टङ्गाल लगिदैछ ।
इन्जिनियर यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस मागिरहेको सूचनाका आधारमा अख्तियारबाट खटिई गएको टोलीले रंगेहात भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बाट नियन्त्रणमा लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्