images
images
images

जुम्लाका आठ स्थानीय तहको बेरुजु ३० करोड 

images

पूर्वाधार वाच, मुगु ।

 जुम्लाका आठ स्थानीय तहको बेरुजु साढे ३० करोड रहेको देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवदेननुसार एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहको बेरुजु रकम कूल ३० करोड ५६ लाख ७४ हजार रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कूल ३७ करोड बढी बेरुजु रहेको जुम्लाका आठ पालिकाले पछिल्लो आर्थिक वर्षमा आर्थिक सुशासन कायम गर्न ध्यान दिएको देखिन्छ । ३७ करोडबाट सात करोडले घटेर आर्थिक वर्ष २०८१/८२ मा वार्षिक बेरुजु रकम ३० करोडमा सीमित भएको छ । तर गत वर्ष कम बेरुजु भएका पालिकाको बेरुजु बढेको छ । भने गत वर्ष सबैभन्दा कम बेरुजु रहेका स्थानीय तहको घटेको छ ।

पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियमसंगत बनाउन जोड दिइरहेको देखिन्छ । यद्यपि, अपेक्षित परिणाम देखिएको छ ।

आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ । दोस्रोमा तातोपानी गाउँपालिका छ ।
गत वर्ष कम बेरुजु आउनेमा प्रथम बनेको तातोपानी गाउँपालिका यश वर्ष एक तह घटेको छ । गत आवमा दोस्रो भएको हिमा गाउँपालिकाले पनि बेरुजु शून्यमा झार्ने लय समाउन नसकेको देखिएको छ । भने गत आवमा सबैभन्दा बढी ९ बेरुजु भएको चन्दननाथले यश वर्ष उल्लेखनीय सुधार गर्दै बेरुजु कम गर्नेमा पहिलो पालिका बनेको हो ।

स्थानीय तहमा जनप्रतिनिधिको दबाब,वितरणमुखी कार्यक्रममा बढी लगानी,उत्पादनशील क्षेत्रमा लगानी न्यून हुनु र कर्मचारीले विधि पद्धतिअनुसार बजेट खर्चमा ध्यान नदिँदा बेरुजु बढ्ने गरेको छ। महालेखा परीक्षकको ६२ औ प्रतिवेदन अनुसार एक नगरपालिका सहित सात गाउँपालिकाले आर्थिक सुशासन कायम गर्न जोड दिएका छन् ।

प्रतिवदेननुसार आठ पालिकाको ३० करोड ५६ लाख बेरुजु छ । त्यसमध्ये नियमित गर्नु पर्ने (विल भरपाई,कागजात अपुग),सैद्धान्तिक बेरुजु बढी देखिन्छ भने असुल उपर गर्नुपर्ने बेरुजु कम छ । गत आवको भन्दा सात करोडले बेरुजु घटेपछि आर्थिक सुशासनमा पालिकाहरू केन्द्रित हुन थालेको देखिन्छ ।

प्रतिवेदनअनुसार जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी गुठिचौर गाउँपालिकाको ४ करोड ३८ लाख ४३ हजार (६.१६) प्रतिशत बेरुजु रहेको छ । गत आवमा ५ करोड २१ लाख बेरुजु रहेकोमा यश वर्ष घटाए पनि अरू पालिकाको तुलनामा बढी हो ।

भने सबैभन्दा कम चन्दननाथ नगरपालिकाको ३ करोड १४ लाख ७६ हजार (२.४८) प्रतिशत बेरुजु छ । गत आवको तुलनामा चन्दननाथले ६ करोड बेरुजु घटाएको छ । त्यस्तै तातोपानी गाउँपालिकाको ३ करोड ८१ हजार अर्थात् कुल लेखा परीक्षण गरेको रकम मध्य (२.८१) प्रतिशत बेरुजु छ । जबकि तातोपानीको गत आवमा १ करोड ५४ लाख बेरुजु थियो । अहिले डेढ करोड बेरुजु बढेको छ ।

कनकासुन्दरी गाउँपालिकाको ३ करोड ९९ लाख ५५ लाख ९४।०५० प्रतिशत, तिला गाउँपालिकाको ४ करोड ३३ लाख ३१ हजार (४.२७) प्रतिशत बेरुजु रहेको छ । साथै पातारासी गाउँपालिकाको ४ करोड २४ लाख १३ हजार (४.७१) प्रतिशत,सिंजा गाउँपालिकाको ३ करोड ९९ लाख ९० लाख (४.५७) प्रतिशत र हिमा गाउँपालिकाको ३ करोड ४६ लाख १५ हजार (३.८७) प्रतिशत बेरुजु रहेको छ । जबकि गत आवमा २ करोड ६७ लाख बेरुजु थियो । घट्नको सट्टा हिमाको करिब एक करोड बेरुजु बढेको छ ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले गत आवमा सबैभन्दा कम बेरुजु आएको र यश वर्ष शून्यमा झार्ने लक्ष्य राखिए पनि केही प्रक्रियागत त्रुटिले समस्या भएको बताए । उनका अनुसार असुल उपर गर्नु पर्ने,नियमित गर्ने बेरुजु सबै प्रक्रियाअनुसार पूरा गरिने छ ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बेरजु कसरी कम गर्ने कुरा कर्मचारीमा भर पर्ने बताए । अहिले नयाँ हाकिम आएको र जनप्रतिनिधि र कर्मचारीको समन्वय सहकार्य प्रभावकारी भइरहेकोले आगामी वर्षमा बेरुजु घटाउने गरी काम गरिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्