images
images
images

कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते

images

पूर्वाधार वाच, मुगु ।

कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तिला गाउँपालिका–१ गाडगुडेनीमा क१ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइ रहेको छ ।

भ्यान सडकदेखि दुई सय मिटर तल नदीमा खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्