images
images
images

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

images

पूर्वाधार वाच, काठमाडौं ।

जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ । परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समय पनि यही हो ।

यसैलाई मध्यनजर गर्दै विगत एक दशकदेखि आईटी तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आफ्ना सबै आईटी कोर्षमा १८ प्रतिशत छुट दिने भएको छ ।

ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको बताए ।
काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्